१०० दिनसम्म सिद्धार्थ राजमार्ग बन्द गर्ने पाल्पाको निर्णयमा रुपन्देही असहमत

पुस २९ देखि माघ १ गतेसम्म राजमार्ग बन्द नगर्ने रुपन्देही प्रशासनको निर्णय

पौष १३ गुल्मी ।

बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न यही पुस १६ गतेदेखि एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनले असहमति जनाएको छ । पाल्पाको निर्णयमा असहमत रुपन्देही प्रशासनले अलग्गै निर्णय गरेर सार्वजनिक गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यही पुस ८ गते सुरुङमार्ग निर्माणलाई सहज बनाउन भन्दै पुस १६ गतेदेखि एक सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गर्नुभएको थियो।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकैपटक एक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको जनाउनुभएको छ।
पाल्पा प्रशासनले सडक बन्द गर्ने निर्णय गर्दा सुरुङमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे शर्त नराखिएको, सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको र माघे संक्रान्तिमा लाग्ने रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले आफूहरुले अलग निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

उहाँले माघे संक्रान्ति र रिडी मेलालाई मध्यनजर गर्दै पुस २९ देखि माघ १ गतेसम्म सवारी साधन आवागमन बन्द नहुने निर्णय गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *