राष्ट्रिय युवा संघ गुल्मीका उपाध्यक्ष सुवेदीद्वारा पदबाट राजिनामा

असार १४, गुल्मी ।

राष्ट्रिय युवा संघ नेपाल,गुल्मी जिल्ला कमिटीका उपाध्यक्ष एवं संयोजक हरिकृष्ण सुवेदीले पदबाट राजिनामा दिनुभएको छ।

उहाँले शुक्रबार जिल्ला कमिटी अध्यक्षलाई औपचारिक पत्र लेख्दै राजिनामा दिएको घोषणा गर्नुभएको हो । राजिनामा पत्रमा उहाँले पछिल्लो केही समयदेखि विविध व्यक्तिगत कारण र आन्तरिक सांगठनिक चुनौतीहरूले गर्दा आफ्नो जिम्मेवारी सफलतापूर्वक अगाडि बढाउन असमर्थ भएकोले राजीनामा दिने निर्णय लिएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ प्रदेश कमिटी र केन्द्रिय कमिटीलाई बोधार्थ बनाइएको पत्रमा लेखिएको छ,”यस्तो परिस्थितिमा निरन्तर जिम्मेवारीमा रहनुले संगठनलाई सुदृढ बनाउने सट्टा बाधा पुग्न सक्ने सम्भावना देखिएकाले जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु। म मेरो कार्यकालमा सोचविचारभन्दा बाहिर कुनै क्रियाकलाप, निर्णय वा व्यवहारले पार्टी वा संगठनमा क्षति पुगेको भए, त्यस प्रति गम्भीर आत्मसमिक्षा गर्दै माफी चाहन्छु। मेरो कमजोरीहरु, कमजोरिमा सिर्जना भएको असहज स्थिति, र पार्टीभित्र देखिएको सांगठनिक अराजकताप्रति पनि म गहिरो दुःख प्रकट गर्दछु। संगठन, पार्टी, तथा सम्पूर्ण सहकर्मीको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आजको मितिबाट लागू हुने गरी म राष्ट्रिय युवा संघ नेपाल गुल्मी जिल्ला कमिटि अन्तर्गतको उपाध्यक्ष (संयोजक) पदबाट राजीनामा दिने निर्णय गरेको छु।”

साथै उहाँले यो निर्णयलाई सकारात्मक रूपमा लिई स्वीकृत गरिदिने कुरामा समेत आशा व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *