साबित्रा पौडेल/मंसिर ११
अर्घाखाँचीको पाणिनी गाउँपालिका ६ को वडा कार्यालय धातिवाङ्गले यहीँ मंसिर २५ गते ज्येष्ठ नागरिक लाई तिर्थयात्रा गराउने भएको छ।
वडाले आज एक सुचना जारी गर्दै मंसिर २५ गते बाला चतुर्दशिको दिन ज्येष्ठ नागरिक लाई तिर्थयात्रा गराउने निर्णय गरेको हो।
वडाले आर्थिक बर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार ६८ बर्ष उमेर पुगेका ज्येष्ठ नागरिक लाई तिर्थयात्रा गराउने भएको वडा अध्यक्ष्य कृष्णप्रसाद पौडेलले बताउनु भयो।
तिर्थयात्राको लागि वडाका ६८ बर्ष भन्दा माथिका ईच्छुक ज्येष्ठ नागरिकले सुचना जारी भएको ७ दिनभित्र नेपाली नागरिकताको फोटोकपी सहित वडा कार्यालयमा संपर्क गरी आफ्नो नामा दर्ता गराउन सचिव गीता वाग्लेले आग्रह गर्नु भयो।
यस्तै, बाला चतुर्दशिको दिन दुई दिने तिर्थ यात्रा गराईने पनि अध्यक्ष्य पौडेलले जानकारी दिनु भयो।