मंसिर,११ गुल्मी।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ०४ अर्खलेमा बस र माेटरसाइकल ठाेक्किदा महेन्द्र माविमा कक्षा १२ मा अध्ययनरत एक छात्रकाे मृत्युु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका ४ का बिबेक झाक्री मगर रहेका छन।
जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले र सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उनले महेन्द्र माध्यमिक बिधालय तम्घासमा कक्षा १२ मा अध्ययन गर्दै आएका थिए।
बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।
आज बिहान उनी कलेजबाट घर सेउघा जादैँ थिए । घटनाबारे थप विवरण आउन पनि बाँकी रहेको छ ।
मृतक झाँक्री मगरको शवलाई पोष्टमार्टम गरिँदैछ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको थियो ।