
पाल्पा, चैत्र १४
मंगलबार बेलुकी मृत भेटिएकी पाल्पा रिब्दीकोट गाउँपालिका १ ख्याहा, कराङ्दीकी पदमा सुनारको हत्या आसङ्कामा २ युवा पक्राउ परेका छन् । स्थानीय विद्यालयको १२ कक्षामा अध्ययनरत सुनारको शव घर नजिकैको खरबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएको थियो ।
मंगलबार रातभरीनै शवको सुरक्षा गरी बुधबार विहानै तालिमप्राप्त कुुकुरको सहयोगमा अनुसन्धान गरीएको जनाउँदै जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनामा संलग्नको आसंकामा २ युवालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
बुधबार दिउँसो शवलाई जिल्ला अस्पताल ल्याएर पोष्टमार्ट गरीएको समेत प्रहरीले जनाएको छ । केही दिनभित्रै घटनाको बारेमा सत्य तथ्य सार्वजनिक गर्ने समेत प्रहरीको भनाई रहेको छ ।
घरबाट नुहाउन गएकी छोरी अवेर सम्म पनि घर नआएपछि खोजविनका क्रममा उनलाई आमा र भाईले पानीधारा नजिकैको खरवारीमा मृत भेटेका थिए । उनको शरिरका बिभिन्न स्थानमा धारिलो हतियारको प्रयोग गरी हत्या भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।