माघ १३,गुल्मी:
पाल्पाको रानिमहल जाने बाटो यहीँ माघ १७ गतेदेखि ४८ दिनको लागि बन्द हुने भएको छ ।
पाल्पाको तानसेन – रानीमल सडक अन्तर्गत अवल – रानिमहल सडक खण्डको वैकुण्ठे भीर क्षेत्रमा सडक निर्माण गरिने भएकाले उक्त सडक बन्द हुने भएको सडक विकास पुर्वाधार कार्यालय पाल्पाले जनाएको छ
उक्त सडक माघ १७ गतेदेखि चैत ५ गतेसम्म बन्द हुने छ ।
अवल – रानिमहल सडक चौबीसैँ घण्टा बन्द हुने भएकाले वैकल्पिक सडक ( तानसेन – अर्गली – कमलपोखरी – छेर्लुङ्ग) प्रयाेग गर्न सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले आग्रह गर्नुभएको छ ।