
मंसिर १० गुल्मी
गुल्मी पछील्लो समय किवी खेतिमा बिस्तार हुँदैँ गएको छ।
जिल्लाका विभिन्न क्षेत्रका कृषक व्यावसायिक किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्। साधारण व्यवस्थापनमा सुहाउँदो हावापानीका कारण गुल्मीका कृषकले व्यावसायिक रूपमा किवी खेतीको विस्तार गर्न थालेका हुन्।
जिल्लाको छत्रकोट, रुरुक्षेत्र, गुल्मी दरबार, धुर्कोट,कालीगण्डकी, चन्द्रकोट, सत्यवती गाउँपालिका तथा मुसिकोट र रेसुंगा नगरपालिका लगायत जिल्लाका १२ वटै स्थानीय तहमा किवी खेती हुँदै आएको छ।
किवी खेतीको विस्तार र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।
उक्त कार्यालयले कृषकलार्ई बिरुवा र पोल निर्माणमा ७५ प्रतिशत अनुदान दिइएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो।
गुल्मीमा १ हजार हेक्टर क्षेत्रफलमा सजिलै किवी खेती गर्न सकिन्छ। उत्पादन गरेको किवी तम्घास बजारसहित गाउँमै खपत हुने गरेको किसानहरुले बताएका छन।
अहिले बजारमा किवी प्रतिकेजी ३ सय रुपैयाँँदेखि ५ सय रुपैयाँँमा बिक्री हुने गरेको छ।