चैत्र २७ गते ज्योतिष दिवस मनाउने नेपाल ज्योतिष परिषद्को निर्णय 

चैत १३ , गुल्मी ।

ज्योतिषमा वर्ष या मास गणनाको आरम्भ भएको दिन आगामी चैत्र २७ गते ज्योतिष दिवस मनाइने भएको छ । आज काठमाडौँमा नेपाल ज्योतिष परिषद्को आयोजनामा अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा काठमाडौँको होटल पेन्सन वासनामा नेपालमा क्रियाशिल विभिन्न ज्योतिषीय संघसंस्थाहरुका प्रतिनिधिहरु बीच भएको छलफलले ज्योतिष दिवस संयुक्त रुपमा मनाउने निर्णय भएको छ ।

नेपाल ज्योतिष परिषद्, नेपाल पञ्चाङ्ग निर्णय विकास समिति, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभाग, विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र राष्ट्रिय महिला ज्योतिष संघका प्रतिनिधिहरु बीच भएको विशेष छलफलले ज्योतिष दिवस मनाउने निर्णय गरेको हो ।

ज्योतिष दिवस मनाउन नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय आयोजक समिती गठन गरिएको छ । जसको सदस्यमा डा.लोकराज पौडेल, प्राडा धनेश्वर नेपाल, ज्यो.पंं.सुर्यप्रसाद ढुङ्गेल, आचार्य लक्ष्मण पन्थी, रतिदेवी जोशी श्रेष्ठ र शिवलाल पौडेल रहनुभएको छ । ज्योतिष दिवस समारोह मनाउन उक्त समितिले सम्पूर्ण कार्य गरि कार्ययोजना बनाउने गरि सम्पूर्ण जिम्मेवारी दिएको नेपाल ज्योतिष परिषद्का महासचिव कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

समारोहमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले ज्योतिष दिवस मनाउनुको औचित्य र ज्योतिषको सर्वोपयोगिता विषयक विशेष कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । बैठकमा नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक ज्यो.पं. सुर्यप्रसाद ढुङ्गेल, विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष प्रा.डा धनेश्वर नेपाल, दक्षिण एसियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, उपाध्यक्ष डा.अम्बिका शर्मा लामिछाने, परिषद्का उपाध्यक्ष लेखनाथ न्यौपाने, महासचिव कमल प्रसाद काफ्ले, केन्द्रीय सदस्य शिवलाल पौडेल, विश्व ज्योतिष महासंघका उपमहासचिव सुरजमुनी बज्राचार्य, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठको उपस्थिति रहेको थियो ।

नेपाल ज्योतिष परिषद्ले आफ्नो रजत महोत्सव समारोहमा पौष २४ गते नै चैत्र शुक्ल प्रतिपदा अर्थात् वत्सरारम्भका दिनमा ज्योतिष दिवस मनाउने उद्घोष गरिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *