गुल्मीको मालिकामा भैंसीलाई सुत्केरी भत्ता

चैत १३ , गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ ।
गाउँपालिकाको पशुशाखा अन्तर्गत आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृति कार्यक्रम अनुसार पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो ।

साउन १ गते २०८० यता ब्याएका भैसी पालक कृषकले निवेदन दिन सक्ने भएका छन् । कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ ।

कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *