सत्यवती गाउँपालिकामा मगर दिवसको दिन सार्वजनिक बिदा

साबित्रा पौडेल , फागुन १४ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ४२ औँ मगर दिवसको अवसरमा फागुन १५ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा आईतबारको गाउँ कार्यपालिकाको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिक्रित कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *