बाँदर तथा जंगली जनावर नियन्त्रणका लागि धातिवाङ्गले अनुदानमा तार जाली वितरण गर्ने

साबित्रा पौडेल , माघ १२ गुल्मी ।

अर्घाखाँचीको पाणीनी गाउँपालिका ६ धातिवाङ्गले अनुदानमा बाँदर तथा जङ्गली जनावर नियन्त्रणका लागी अनुदानमा तार जाली वितरण गर्ने भएको छ ।

धातिवाङ्गको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्वीकृत मागमा आधारित कृषि कार्यक्रम अनुसार वडा कार्यालय धातिवाङ्गले एक सुचना जारी गर्दै ५० प्रतिशत अनुदानमा तार जाली वितरण गर्ने जनाएको हो ।

मागमा आधारित कृषि कार्यक्रम अन्तर्गत जाली व्यक्तिगत वा सामुहिक रुपमा कृषकहरुलाई प्रदान गरिने वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *