
साबित्रा पौडेल, जेठ ११ गुल्मी ।
पूर्वी नवलपरासीमा १५ वर्षीय किशोरी ६ दिनदेखि बेपत्ता भएकि छिन ।
मध्यबिन्दु नगरपालिका १० आरुङ्खोलाकी १५ वर्षीय सुस्मिता गिरी जेठ ५ गतेदेखि बेपत्ता भएकी हुन् ।
कक्षा १० मा अध्ययनरत गिरी पेट दुख्यो भनी विद्यालय नगई घरमै रहेको बुझिएको छ।
मम्मीसँगै बस्दै आएकी उनी मम्मी विद्यालयबाट घर फर्कँदा घरमा नभएको र आफन्त कसैकोमा पनि नभएकोले खोजी गरिदिन उनको पारिवारिक स्रोतले आग्रह गरेको छ ।
उनलाई देख्ने वा भेट्ने जोसुकैले 9857056079 मा सम्पर्क गरी वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिनुहुन अनुरोध गर्दछौं ।