छत्रकोट गाउँपालिकामा अभियान मार्फत १०६ सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण

वैशाख १२, गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज भ्यक्सिनेसन कार्यक्रम सम्पन्न भएको छ ।

छत्रकोट गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा HART नेपालको प्राविधिक सहयोग रहेको थियो ।

वैशाख १० र ११ गते दुई दिनसम्म अभियान मार्फत सञ्चालन गरिएको सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज भ्यक्सिनेसन कार्यक्रममा १०६ वटा कुकुर र दुईवटा बिरालोको बन्ध्याकरण गरिएको छत्रकोट गाउँपालिका पशुपंक्षी शाखा प्रमुख टेकबहादुर खनालले बताउनुभयो।

भुस्याहा कुकुरहरूको आतंक घटाउने र छाडा कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान मार्फत नियन्त्रण गर्न २ लाख बजेट छुट्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र हरि पुरीले जानकारी दिनुभयो ।

कुकुरहरूलाई रेबिज विरुद्धको खोप दिएर बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले जानकारी दिनुभयो ।

यसो गर्दा रेविजको जोखिम तथा कुकुरहरूमा स्तन र पाठेघरको क्यान्सर कम हुने र कुकुरमा संगिनी सुई लगाउने गरिएकाले उत्तम विकल्प स्थायी बन्ध्याकरण भएको उहाँको भनाइ छ ।

यसरी स्थायी बन्ध्याकरण गर्दा कुकुरहरूको आयु बढी हुने, कुकर मोटाउने र स्वच्छ रहने HART नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *