साबित्रा पौडेल , फागुन १३ गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिने भएको छ ।
गाउँपालिकाले फागुन १५ गते मंगलबार मगर दिवसको अवसरमा स्थानीय बिदा दिन लागेको हो ।
कार्यपालिकाको आज बसेको बैठकको निर्णय अनुसार मगर दिवसको अवसरमा स्थानीय पर्वको बिदा दिन लागेको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले जानकारी दिनुभयो ।
साथै उहाँले मगर दिवसको अवसरमा सम्पुर्ण चन्द्रकोटवासी
आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु सहित देश तथा विदेशमा छरिएर रहेका सम्पुर्ण मगर समुदायमा शुभकामना दिदैँ पर्व एकापसमा मिलेर मनाउन आग्रह गर्नुभयो ।