पोखरा
पोखरा नुडल्र्सको रम्बा चाउचाउमा न्युनस्तरको खाद्य पदार्थ भेटिएको छ ।
म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्युनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।
न्युनस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले कास्कीमा पठाएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीमार्फत कास्की जिल्ला अदालतमा मुद्धा अगाडि बढाइएको थियो ।
न्यायाधीश ध्रुवकुमार पियाको इजलासले रम्बा चाउचाउ उत्पादन गर्ने पोखरा नुडल्र्सका अध्यक्ष श्रीराम पाण्डेलाई आइतबार ३५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
ग्दीको एक किराना पसलमा चाउचाउमा हुने तलेमा पेरोकसाइड भ्यालु १० हुनेपर्नेमा १७ भएको पाइएको थियो ।
पोखरा नुडल्र्सले भने रम्बा चाउचाउ उत्पादन हुने कच्चा पदार्थ र तयार भइसकेपछि पनि परीक्षण गरेर पठाउने तर ढुवानी र भण्डारणका क्रममा तापक्रम नमिल्दा त्यस्तो हुन सक्ने बताएको छ ।