

साबित्रा पौडेल, फागुन १२ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले यही फागुन १५ गते सार्वजनिक विदा दिएको छ ।
गाउँ कार्यपालिकाको आज बसेको १६ औं बैठकको निर्णयअनुसार यही फागुन १५ गते बिहिबार ४३ औ राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो।
जस अन्तर्गत उक्त दिन गाउँपालिकाको कार्यालय, गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघसंस्था बन्द रहनेछन् ।

यसैबीच गुल्मीको रेसुङ्गा नगरपालिकाले पनि मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
देशैभरका मगर समुदायले फागुन १५ गते ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमका आयोजना गरी मनाउँदै छन् ।
मगर समुदायको बाहुल्यता रहेको गुल्मीका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मगर दिवस हर्षोल्लासका साथमा मनाइँदै छ ।
