म्यानमार लगायतका देशमा यात्रा गर्दा सचेतना अपनाउन गुल्मीदरबार गाउँपालिकाको आग्रह

साबित्रा पौडेल, फागुन १२ गुल्मी।

गुल्मीदरबार गाउँपालिकाले कम्बोडिया, लाओस, थाइल्यान्ड, म्यानमार जस्ता देशमा यात्रा गर्दा सचेतना अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै मानव बेचबिखन एवं आपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरुले नेपाली नागरिकलाई आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभनमा जबरजस्ती अवैध कार्यहरूमा लगाउने, राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने लगायतका समस्याहरू बढ्दै गइरहेकाले कम्बोडिया, लाओस, थाइल्यान्ड र म्यानमार जस्ता देशमा यात्रा गर्दा आवश्यक सजगता अपनाउन आग्रह गरेको हो ।

गाउँपालिकाले थाइल्याण्ड र म्यानमार यात्रा सम्बन्धी सूचना गृह मन्त्रालय, स्थानिय प्रशासन तथा प्रदेश समन्वय शाखाद्वारा प्राप्त भएको हुनाले आवश्यक सजगताका लागि सुचना जारी गरेको जनाएको छ ।

यसैबिच परराष्ट्र मन्त्रालयले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ ।

केही दिन अघी मात्र थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरेको थियो ।

हेर्नुहोस् गाउँपालिकाद्वारा जारी सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *