रुरुक्षेत्र गाउँपालिका गुल्मीमा फागुन २७ गते रक्तदान हुने

फागुन १२ गुल्मी:

रुरुक्षेत्र गाउँपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

गाउँपालिकाको नवनिर्मित भवनको समुद्घाटनको अवसरमा बृहत रक्तदान कार्यक्रम हुने भएको हो ।

गाउँपालिकाको आयोजनामा हुन लागेको रक्तदान कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहने छ ।

रक्तदान कार्यक्रम यहीँ फागुन २७ गते गाउँपालिकाको नवनिर्मित भवनमा बिहान ८ बजेदेखि अपराह्न १२ बजेसम्म संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

रगत अभावलाई पूर्ति गर्न तथा गाउँपालिकामा रगत अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको पनि उहाँले बताउनुभयो ।