छत्रकोटका विद्यालय कर्मचारी-लेखापालको तलब बढ्यो

रेडियो श्रृङ्गेश्वर/ माघ १०

गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत विद्यालय कर्मचारी-लेखापालको तलब मासिक २ हजार रुपैयाँले वृद्धि भएको छ ।

गाउँपालिकाको मङ्गलबार सम्पन्न गाउँसभाको निर्णय बमोजिम अब उनीहरुको मासिक तलब २० हजार ५ सय रुपैयाँ पुगेको हो ।

यसअघि संघीय ससर्तबाट प्राप्त १३ हजार ५ सय र गाउँपालिकाको ५ हजार गरि १८ हजार ५ सय रुपैयाँ तलब बुझ्दै आएका थिए ।

गाउँपालिकाका शिक्षा अधिकृत टिकाराम आचार्यका अनुसार बढेको तलब गत कात्तिक महिनाको निकासा देखिनै लागू हुनेछ ।

“श्रोत साधनले संभव भएसम्म कर्मचारीको सुविधा वृद्धि गर्दै जाने कुरा स्वभाविक पनि हो” शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समेत रहेका अधिकृत आचार्यले भन्नुभयो – “सबैजसो विद्यालयमा लेखा व्यवस्थापनका अतिरिक्त आवश्यकता र विज्ञताका आधारमा उहाँहरुले कक्षापनी लिँदै आउनुभएको छ, तलबसुविधा वृद्धिलाइ उत्प्रेरणाकै रुपमा बुझ्न् सकिन्छ ।”

छत्रकोट गाउँपालिकाभित्र संचालित नौ वटा सामुदायिक माध्यमिक विद्यालयमा ९ जना विद्यालय कर्मचारी-लेखापाल कार्यरत छन् ।

तलबवृद्धि संगै छत्रकोटका विद्यालय कर्मचारी-लेखापालहरु उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *