रुरुक्षेत्र गा.पा.मा सञ्चालित पालिका स्तरीय भजन प्रतियोगितामा ग्वादी भजन समूह प्रथम

सुदर्शन पन्थ, जेठ ९, गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पालिका स्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ।

रुरुक्षेत्रको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले शुक्रबार श्रृङ्गेश्वर धाम लेख गुफामा भजन प्रतियोगिता सम्पन्न भएको हो।

पालिका भित्रका दस टोलिको सहभागीता रहेको कार्यक्रममा ग्वादी भजन समूह प्रथम, रुरुक्षेत्र भजन समूह च्युरेक द्वितीय र चौतारा भजन समूह तृतीय भएको छ। यस्तै प्रतियोगीमा श्रृङ्गेश्वर भजन कृतन सत्संग समूह सान्त्वना भएको छ भने उत्कृष्ट नृत्यको रुपमा श्रृङ्गेश्वर भजन कृतन सत्संग समूहकै शान्ता अधिकारी पुरस्कृत हुनुभएको छ।

पालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे, सम्पुर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, पत्रकार तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती लुम्बिनीकि उपाध्यक्ष तुल्सा नेपाल, राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती लुम्बिनीकि उपाध्यक्ष तुल्सा नेपाल, राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती लुम्बिनीकि उपाध्यक्ष तुल्सा नेपाल, राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती पाल्पाका सचिव चुरामणी तिमिल्सिना र राष्ट्रिय लोक चुट्का भजन संरक्षण समिती अर्घाखाँचीका सचिव कृष्ण प्रसाद पौडेलले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २०,०००, द्वितीयलाई नगद १५,०००, तृतीयलाई नगद १०,००० सान्त्वनालाई नगद ५,००० र उत्कृष्ट नृत्यलाई नगद २००० र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक तथा अर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *