छत्रकोट गा.पा.को आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई वैशाख १५ गते

वैशाख १०, गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनवाई यही वैशाख १५ गते सञ्चालन हुने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत योजना, कार्यक्रमको कार्यान्वयन स्थिति तथा गाउँपालिकाबाट प्रवाह भएको समग्र सेवा प्रवाहको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले यहि वैशाख १५ गते वडा नम्बर २, पल्लिकोट वडा कार्यालयको परिसरमा बिहान ११ बजेदेखि सार्वजनिक सुनवाई सञ्चालन हुनेछ ।

गाउँपालिकाद्वारा जारी सूचनामा सम्पूर्ण छत्रकोट बासी नागरिकहरू, राजनीतिक पार्टीका प्रतिनिधिहरु, नागरिक समाज, सहकारी तथा गैर-सरकारी संस्था, टोल विकास संस्था, शिक्षक, बुद्धिजीवी पेशा व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरुलाई सार्वजनिक कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *