गुल्मीको रुरुक्षेत्र र सत्यवती जोड्ने झोलुङ्गे पुलको शिलान्यास,

पौष ७ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा र सत्यवती गाउँपालिकाको ६ जोहाङ्ग खैरेनीको सिमानामा रहेको बढिगाड खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।


आज शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभएको हो ।

रुरुक्षेत्र र सत्यवती जोड्ने एक सय ५९ मिटर लामो झोलुङ्गे पुलको लामा कन्ट्रक्सन प्रा.लीले निर्माणको जिम्मा पाएको छ ।
सडक पुर्वधार विकास कार्यालय गुल्मीको एक करोड ७५ लाख लगानीमा ६ महिना भित्रमा काम सम्पन्न हुनेछ ।
समयमै गुणस्तरिय काम गर्ने गराउनेमा ध्यान दिने रुरुक्षेत्रका अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

झोलुङ्गे पुलले दुई स्थानीय तहका नागरिकलाई आवतजावतमा सहजता ल्याउनुका साथै कृषि उपजले समेत बजार पाउने सत्यवतीका अध्यक्ष पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *