साबित्रा पौडेल, पुष ७ गुल्मी।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
west Nepal Development Trust बुटवलको आयोजना, पाणीनी गाउँपालिकाको सहयोग- व्यवस्थापन र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राबिधिक सहयोगमा गाउँपालिकाको दुर्गाफाँटमा शुक्रबार निशुल्क आँखा शिविर, मोतियाबिन्दु तथा शल्यक्रिया सम्पन्न भएको हो ।
शिविरमा आँखा सम्बन्धी समस्या भएका ४८१ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । जसमध्ये ३० जनाले अप्रेसन गराएका नेपाल नेत्र ज्योति संघ अर्घाखाँची आँखा अस्पतालका प्रमुख सागर घिमिरेले बताउनुभयो ।
शिविरको उद्घाटन पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल, संस्थापक गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, पश्चिम नेपाल विकास ट्रष्टका अध्यक्ष मोम प्रसाद गुरुङ्ग, उपाध्यक्ष माधवप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।