साबित्रा पौडेल, पौष ७ गुल्मी।
भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला कमिटी गुल्मीले न्यानो कपडा वितरण गरेको छ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ गुल्मीले गत तिहारमा देउसी भैलो खेली संकलन गरेको रकम मध्ये बाट १२९ सेट न्यानो कपडा प्रभावितलाई जाजरकोटमै पुगी वितरण गरेको हो ।
भुकम्प प्रभावित क्षेत्रमा अत्याधिक मात्रा चिसो बढेकाले समय सापेक्ष न्यानो कपडा वितरण गरिएको महासंघ जिल्ला कमिटी गुल्मीले जनाएको छ।
प्रभावितलाई थोरै भए पनि राहत मिलोस भन्ने उद्देश्यले सहयोग गरेको महासंघ जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुशिल श्रेष्ठले जानकारी दिनुभयो।
आगामी दिनहरुमा पनि आवश्यक भएमा सहयोगका लागि आफूहरू तयार रहेको समेत उहाँले बताउनुभयो।
महासंघले गुल्मीको खैरेनी, मजुवा, भुवाचिदी, वामीटक्सार, हर्दिनेटा, लुम्छा, बलेटक्सार,तथा भटकुवाका स्थानहरुमा देउसी भैलो खेलेको थियो।
गत कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।