छत्रकोटवासी नागरिकले अब काठमाडौंबाट पनि नि:शुल्क रगत पाउने

फागुन १०, गुल्मी।

छत्रकोट गाउँपालिका गुल्मी र त्रि. वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र किर्तीपुरको समन्वयमा अबदेखि काठमाडौं उपत्यका भित्रका सम्पुर्ण छत्रकोटबासीको लागि नि:शुल्क रगत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

रक्तदान शिविरहरु संचालनको सहजीकरणको मुख्य जिम्मेवारीको भूमिकामा रहनुभएका संस्थाका उपाध्यक्ष मन वहादुर रोका , संस्थापक सदस्य फर्शुराम पाण्डे र पालिकाको तर्फबाट अध्यक्ष राम प्रसाद पाण्डेयले आज संयुक्त हस्ताक्षर गरेर छत्रकोटवासीलाई काठमाडौंबाट विना झन्झट नि:शुल्क रगत उपलब्ध गराउने अभियान अगाडि बढाउनु भएको हो ।

छत्रकोटवासीले वुटवलसंगै अव काठमाडौं उपत्यका भित्र पनि पूर्ण निशुल्क रगत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । भोलिदेखि नै किर्तिपुर स्थित संस्थाको सेवा केन्द्रबाट छत्रकोटवासी भएको प्रमाणीत हुने सरकारी प्रमाणपत्र सहित उपस्थित भएमा सजिलै नि:शुल्क रगत प्राप्त गर्न सकिने र केहि समस्या भएमा पालिकाको कार्यालयमा सम्पर्क गर्न अध्यक्ष पाण्डेयले अनुरोध गर्नुभएको छ ।

यसअघि पालिकाले वुटवलमा बस्ने छत्रकोटबासीको लागि समेत नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *