माघ ८, गुल्मी ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् । उनले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएका हुन् । सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
“बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ,” लामिछानेले पत्रकार सम्मेलनमा भने ।
सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको बताएका छन् ।
कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको उनले बताए ।
सोमबार पत्रकार सम्मेलन गरी उनले यो किर्ते भएको बताए । “मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो,” उनले भने, “केही कारणले पैसा जम्मा भएन होला । तर, डिपोजिट गरेको सिलिप बैंकले दिएको हुन सक्छ ।”
त्यस्तै, रास्वपाका प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले पनि बैंकले स्पष्ट पारेर पत्र दिएको बताए । बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने बताए । पैसा खातामा नभए पनि चेक रिसिप गर्न भौचर गरिने र त्यसमा जम्मा गर्ने बैंकको सम्पूर्ण विवरण आउने उनले बताए ।
यस्तै, सभापति रवि लामिछानेले एक करोड ८० लाख लिएको भन्दै मिडियाले ‘मिस लिड’ गरेको बताएका छन् ।
उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताए ।
“कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु,” उनले भने ।
उनले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने बताए ।
“एकदिन समय माग्दा पनि उहाँहरूले दिनुभएन । मिस लिड भयो,” उनले भने ।