श्रृङ्गा जनता माविको प्रधानाध्यापकमा मिना गौतम नियुक्त

असार ७, गुल्मी।

गुल्मीको छत्रकोट-४ श्रृङ्गा गुल्मीमा रहेको श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकमा मिना गौतम नियुक्त हुनुभएको छ ।

गौतमलाई शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानाध्यापकमा नियुक्त गरेको हो ।

त्यसै विद्यालयमा विगत १८ बर्षदेखि माध्यमिक तह अङ्ग्रेजी विषय अध्यापन गराउँदै आउनुभएको उहाँ लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहनुभएको छ, यसभन्दा पहिले उहाँ सोही विद्यालयमा सहायक प्रधानाध्यापक भई कामकाज गर्दै आउनुभएको थियो ।

उहाँ अघि प्रधानाध्यापक रहनुभएका विकाशचन्द्र खरेललाई गाउँपालिकाले सरुवा गरेको थियो जसको कारण प्रधानाध्यापकको पद खाली हुन पुगेको थियो। लामो समयदेखि अध्यापन पेशामा रहेकि गौतम माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा नियुक्त भएपछि शैक्षिक गुणस्तर कायम गर्न थप बल पुग्ने विश्वास लिइएको छ ।

विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी बहन गर्दै नव नियुक्त उहाँले अबका दिनमा विद्यालयको समग्र क्षेत्रमा समुन्नत विकास र शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा आफूले निर्वाह गर्नुपर्ने भूमिका इमानदारीपूर्वक गर्दै आज सम्म रहेको विद्यालयको साखलाई कम हुन नदिई अझै बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयको समग्र हितको लागि सबैको साथ सहयोग रहने विश्वास प्रकट गर्नुभएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *