अर्घाखाँचीको पोखराथोकमा पत्रकारिता तथा उद्घोषण कार्यक्रम सम्पन्न

माधव पौडेल, चैत्र ८ अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा पत्रकारिता तथा कार्यक्रम उद्घोषण तालिम सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिका वडा नं २ वडा कार्यालयको आयोजना तथा झुमादेवी युवा क्लब पाणिनी ५ मैदानको सहजीकरणमा चैत्र ६ गतेदेखि सञ्चालन भएको तालिमको आज समापन गरिएको हो ।

समापन कार्यक्रममा झुमादेवी युवा क्लबका अध्यक्ष देव बहादुर घर्तीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि पाणिनि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने , विशिष्ट अतिथि पाणिनी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, विशिष्ट अतिथि तथा प्रशिक्षक विकास भट्टराई अतिथि वडा नम्बर २ कि वडा सचिव गीता वाग्ले, वडा सदस्य फुलमती बि क , समाजसेवी देवराज घिमिरे प्रशिक्षक विकास भट्टराई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पौडेलले यो कार्यक्रमदेखि प्रशिक्षार्थी अत्यन्त खुसीका भाग लिएको बताउँदै यो कार्यक्रमले पत्रकारिता र कार्यक्रम उद्घोषण गर्ने रुचि भएका व्यक्तिहरूको लागि केही हदसम्म पनि सहयोग गरेको बताउनुभयो ।

साथै आगामी दिनहरूमा पनि आम युवा युवतीहरूको इच्छा आकांक्षा अनुसार वडामा कार्यक्रमहरू निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कार्यक्रमले समाजमा हुने विभिन्न संघसंस्थाहरूमा आफ्ना कुराहरू राख्ने बानीको विकास हुने बताउनुभयो ।

समाजमा अहिले बुझेर भन्दा पनि नबुझी विभिन्न टिका टिप्पणी गर्ने र नकारात्मक सोचको विकास भएकोले ती कुराहरुलाई अन्त्य गर्नको लागि सकारात्मक सोच राख्नुपर्ने उहाँको भनाइ थियो ।


कार्यक्रममा बोल्दै प्रशिक्षक भट्टराईले आफू जन्मिएको ठाउँमा यस्ता कार्यक्रम हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो ।


कार्यक्रममा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो साथै कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले आफूहरू यस कार्यक्रमदेखि अत्यन्त खुसी भएको बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले यस्तै कार्यक्रम राख्नका लागि सुझाव समेत दिएका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार माधव पौडेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *