रुरुक्षेत्र गाउँपालिकाको चालु आव को प्रथम चौमासिक सार्वजनिक सुनुवाई यही मंसिर १४ गते

साबित्रा पौडेल, मंसिर ६ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दैछ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई हुन लागेको जनाइएको छ ।

कार्यक्रम रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादीको सभाहलमा यही मंसिर १४ गते बिहान ११ बजेदेखी सुरु हुनेछ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण नागरिक, राजनऐतिक दल, नागरिक समाज, टोल बिकास संस्था, विभिन्न संघ संस्थाहरु, पत्रकार तथा सञ्चारकर्मी लगायत सरोकारवालाहरुलाई उपस्थितिको लागी अनुरोध गरीएको छ ।

हेर्नुहोस गाउँपालिकाले जारी गरेको सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *