बैशाख ९ , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका १ हुगाँमा हिजोबाट लागेको आगोले गुङ्टुङ रातापानी देखि सत्यवति सम्मको करिब ४ कि मि वन पुर्ण नष्ट भएको छ।
हुगाँको सत्यवतीमा रहेका बस्तिमा हावाहुरी संगै लागेको आगोबाट स्थानिय थानेश्वर भण्डारीको दुई वटा गोठ जलेर पूर्ण रुपमा क्षती हुँदा ५ ओटा बाख्रा जलेर मरेका छन।
यस्तै उहाँको घरको बराण्डमा आंशिक क्षति भए पनि घर भने सुरक्षित रहेको छ। स्ठानिय दुर्गादत्त भण्डारीको गोठ पूर्ण रुपमा जलेको छ भने घरअको ३५ % भाग जलेको छ । आगो नियन्त्रणमा स्थानीय जनप्रतिनिधि, प्रहरी ,युवा,महिला तथा सम्पूर्ण गाउँलेको बाक्लो सहभागिता रहेको थियो।
आगलागिबाट मानवीय क्षती नभए पनि थुप्रै भौतिक क्षती पुगेको छ । खानेपानिको पाइप आगोले जल्दा पानीको अभाबमा आगलागी नियन्त्रणमा समस्या भएको वडाध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिनुभयो । अहिले जंगलमा हल्का धुवा देखिए पनि आगो नियन्त्रणमा आएको स्थानियले बताएका छन ।