साबित्रा पौडेल,फागुन ९ गुल्मी ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका ६ धातिवाङ्गमा यहीँ फागुन १३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कार्यक्रम अन्तर्गतको दादुरा रुबेलाको खोप अभियान संचालन हुने भएको छ ।
वडाभित्र रहेका ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन लागिएको धातिवाङ्ग स्वास्थ्य चौकीका इन्चार्ज मित्रदेव पौडेलले जानकारी दिनुभयो ।
दादुरा रुबेला खोप अभियान अन्तर्गत यहीँ फागुन १३ गते लामडाँडा खोप केन्द्रमा , फागुन १४ गते अमर आधारभूत बिधालय (कोट) , फागुन १५ गते कालिका आधारभूत बिधालय (ढाव) , फागुन १६ गते सीता आधारभूत बिधालय (जुखुदी) र फागुन १७ गते धातिवाङ्ग स्वास्थ्य चौकीमा संचालन हुनेछ ।
खोप नि:शुल्क पाइने र सुरक्षीत भएको हुनाले ढुक्कसँग आफ्ना बालबालिकालाई पायक पर्ने स्थानमा गएर खोप लगाउनको लागि सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।