
साबित्रा पौडेल, असार ६ गुल्मी ।
भरेक आधारभूत विद्यालय रुरुक्षेत्र गाउँपालिका २ ग्वादी भरेक गुल्मीका विद्यार्थीलाई पोशाक तथा झोला वितरण गरिएको छ।
“पढ्न पाउनु सबैको अधिकार, सहयोग हो हाम्रो उपहार” भन्ने नारासहित विद्यालयले आज विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच ट्र्याक सुट, टिसर्ट, जुत्ता तथा झोला वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालको सभाध्यक्षता रहेको कार्यक्रममा ग्वादी गुल्मीका वडाध्यक्ष घनश्याम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक संगीत मगरले स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।
विद्यार्थी पोशाक तथा झोला वितरण कार्यक्रममा हाल युकेमा रहनुभएका लेख गुरुङ, अमेरिकामा रहनुभएका राजु केसी, हङकङमा रहनुभएका विष्णु ठुले गुरुङ, युकेमा रहनुभएका सुविन गुरुङ र लक्ष्मी मगरले सौजन्य गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक लोक बहादुर मिदुन मगरले सौजन्य गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवधिभरि नास्ताको व्यवस्था लेख गुरुङले गर्नुभएको विद्यालयले जनाएको छ।
सहायक प्रध्यानाध्यापक संगीत मगरले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक विष्णुप्रसाद बरालले गर्नुभएको थियो ।