रिडी गुल्मीमा यस वर्ष गाईजात्रा ननिकालिने, यस्तो छ कारण

साबित्रा पौडेल, भदौ ४ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडिमा यो वर्ष गाईजात्रा ननीकालिने भएको छ । रिडिमा बसोबास गर्दै अाइरहेका नेवार समुदायका कुनै पनि घरको सदस्य दिवंगत नभएको कारण यो वर्ष रिडिमा गाईजात्रा नानीकालिने भएको हो ।

गाईजात्रा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्षको प्रतिपदा तिथिदेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व हो ।

आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।

तर रिडिमा रहेका नेवार समुदायका कुनैपनी आफन्तको दिवङ्गत नभएका कारण त्यहा गाईजात्रा नहुने भएको हो । तर बलेट्क्सार लगायत रुरुक्षेत्र गाउँपालिकाका अन्य ठाउँमा गाईजात्रा निकालिदै छ ।

यसैबिच गाईजात्राको अवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *