लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदैँ

भदौ ४ , गुल्मी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैँ हुनुहुन्छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता रहनुभएको थियो ।

मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताउनुभयो ।
ती दलले विश्वासको मत दिन ह्विप पनि जारी गरेका छन्।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। यी दुई दल मात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ। ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन्।

मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्ने बताइएको छ।

एमालेका प्रमुख सचेतक चौधरीले शनिबारकै संसदीय दलको बैठकबाटै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्विप जारी गरिसकेको जानकारी दिनुभयो ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न ह्विप जारी गरिसक्नु भएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी छ । a

मन्त्रीपरिषद्मा अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार जना मन्त्री रहेका छन्। लुम्बिनीमा मन्त्रीपरिषद् १२ सदस्यीय हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *