सुदर्शन पन्थ, मंसिर ४ गुल्मी ।
चर्चाको लामो समय सालझन्डी ढोरपाटन सडकखण्ड अन्तर्गत मदाने गा पा को सिर्सेनी देखि मालिका गा पा को अर्खबाङ्ग गंगरेसम्म करिव ८.३ किलोमिटर मोटरबाटो स्तरोन्नति तथा पिच गर्ने कार्यको सिलन्यास भएको छ।
सिलन्यास कार्यक्रममा नेपाल सरकरका पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड का जनसम्पर्क बिज्ञ तथा नेकपा माओवादी केन्द्र का नेता बुद्धि जि.सी. धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल तथा मालिका गांउपालिकाका अध्यक्ष देविराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल वडा नं ३ का वडा अध्यक्ष ज्ञानकुमार बुढा, वडा नं ४ का वडा अध्यक्ष नारायण प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो ।
उक्त मोटरबाटोको २०८४ साल कार्तिक ६ गते निर्माण कार्य सम्पन्न गर्ने गरि bright / himal / M,H JV कन्ट्रक्सन प्रा लि ले ठेक्का सम्झौता गरेको छ।
कार्यक्रममा शुभकामना तथा धन्यवाद मन्तव्य राख्दै मालिका गाउँपालिका अध्यक्ष अर्यालले उक्त कार्यको निम्ति बजेट सुनिश्चित गर्नुहुने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व अर्थ मन्त्री बर्षमान पुन, पूर्व मन्त्री तथा एकीकृत समाजबादिका नेत्री रामकुमारी झाक्री, तत्कालीन प्रधानमन्त्री का जनसम्पर्क विज्ञ बुद्धि जि सी लगायत राष्ट्रिय योजना आयोग अर्थ मन्त्रालयमा कार्यारत सम्पुर्ण कर्मचारीहरु प्रती आभार व्यक्त गर्नुभएको थियो। साथै उहाँले आगामी दिनमा थप सहकार्यको लागि हातेमालो गर्न पनि सबैमा आग्रह गर्नु भएको थियो ।