साबित्रा पौडेल, भदौ ३ गुल्मी ।
गाईजात्रा पर्वको अवसरमा पाल्पाको तानसेन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै नेवार समुदायले मनाउने गाईजात्रा पर्वको अवसरमा यहीँ भदौ ४ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएको छ ।
आईतवार बसेको नगरप्रमुख स्तरिय बैठकले नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाईजात्राको दिन नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था कार्यालयहरु, नगरपालिका स्थित शिक्षण संस्था बन्द रहनेछन ।
तानसेन नगरपालिकासहित पाल्पाका अन्य ठाँउका नेवार समुदायले यो पर्व धुमधामका साथ मनाउँछन ।
यस्तो छ नगरपालिकाले जारी गरेको सूचना: