
चैत ५, गुल्मी।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यनिुयन (स्ववियू) को निर्वाचनमा अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।
निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीका उम्मेदवार बिशाल थापाले ६५ मत प्राप्त गरेर निर्वाचित हुंदा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली का्ग्रेस निकट नेविसंघका संयुक्त प्यानलका नेत्रप्रसाद ज्ञवालीले ४१ मत प्राप्त गरेका छन् ।
११२ मतदाता रहेको क्याम्पसमा १०६ मत खसेको थियो ।
यो सङ्गै यस् क्याम्पसमा अखिल क्रान्तिकारीले लगातार ३ पटक स्ववियु निर्वाचन आफ्नो पोल्टामा पारी ह्याटि्रक मारेको छ। त्यस्तै सचिव पदमा संयुक्त प्यानललाई पराजित गरि क्रान्तिकारीका उमेदवार पुष्पा कुंवरले बाजी मार्दा कोषाध्यक्ष पदमा क्रान्तिकारीकै सिर्जना बस्यालले बाजी मारेकी छन् ।
सदस्यहरुमा अप्सरा परियार, दया पौडेल र विपना थापा निर्वाचित भएका छन्।