गुल्मीदरबार गाउँपालिकामा मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवा प्रदान

साबित्रा पौडेल, मंसिर ३ गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले अब गाउँपालिकाबटै मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले आईतवार एक सूचना जारी गर्दै भौगोलिक विकटतालाई मध्यनजर गर्दै अबदेखी गाउँपालिकाबटै मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ ।

जसान्तर्गत गाउँपालिकाले प्रत्येक महिनाको पहिलो आईतवार बलिथुम स्वास्थ्य चौकिबाट मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवा प्रदान गर्नेछ भने दोस्रो आईतवार जुभुङ्ग स्वास्थ्य चौकी र तेस्रो आईतवार दरबार देवीस्थान स्वास्थ्य चौकिबाट सेवा उपलब्ध गराउनेछ

गाउँपालिकामा हिजोदेखी मेडिकल अधिकृतद्वारा दैनिक OPD सेवाको सुरुवात भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *