छत्रकोट गाउँपालिका गुल्मीमा मसिंर ५ गतेदेखी १२ गतेसम्म एकीकृत घुम्ती शिविरको आयोजना

साबित्रा पौडेल, मंसिर ३ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका नागरिकहरुको सहजताको लागि एकीकृत घुम्ती शिविर मार्फत विविध सेवा प्रदान गर्ने उद्धेश्यले गाउँपालिकाले यही मंसिर ५ गतेदेखी घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाको ६ नं वडा कार्यालय दौघाबाट सुरु हुने शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिक्रित वीर बहादुर पुनले बताउनुभयो ।

जसान्तर्गत पहिलो दिन मंसिर ५ दौघा, दोस्रो दिन मंसिर ६ गते खर्ज्याङ्ग तथा तेस्रो दिन मंसिर ७ गते हर्दिनेटामा शिविर सञ्चालन हुने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

यस्तै चौथो दिन मंसिर ९ गते दिगाममा शिविर सञ्चालन हुनेछ भने पाचौँ दिन मंसिर ११ गते पल्लिकोटमा र छैटौँ दिन मंसिर १२ गते हुगाँमा शिविर सञ्चालन गरी शिविरको समापन गरिने उहाँको भनाइ छ ।

शिविरमा अपाङ्गता परिचयपत्र तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, योजना सम्झौता, व्यसाय दर्ता तथा नविकरण, टोल विकास संस्था दर्ता लगायतका विविध सेवाहरु उपल्ब्ध गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *