गुल्मीको छत्रकोटमा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

साबित्रा पौडेल , चैत ५ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रुपमा सरकारी विधालयमा पढाउन निर्देशन दिएको छ ।

आइतबार एक सूचना जारी गर्दै आगामी शैक्षिक सत्र २०८१ देखि गाउँपालिकाका जनप्रतिनिधिहरु, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी , शिक्षक , विधालय कर्मचारी , विधालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारीले आफ्ना सन्तालाई अनिवार्य रूपमा सामुदायिक विधालयमा अध्ययन गराउनुपर्ने निर्णय गरेको छ ।
गत फागुन २३ गतेको कार्यपालिका र शिक्षा समितिको निर्णयानुसार गाउँपालिका अन्तर्गतका सामुदायिक विधालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो।

गाउँपालिकामा सार्वजनिक शिक्षालाई व्यवस्थित र गुणस्तर बनाउनका लागि सरकारी सेवासुविधा लिनेका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनले बताउनुभयो ।

यस्तो छ गाउँपालिकाले जारी गरेको सुचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *