श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा शवगृह फ्रिजको व्यवस्था गरिने

सुदर्शन पन्थ, असार ३ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले वडा नं । ४ मा रहेको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा शवगृह फ्रिजको व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रामप्रसाद पाण्डेयले गाउँपालिका भित्र मृत्यु भएको व्यक्तिको शव सतगतका लागि विदेश वा देशका अन्य स्थानबाट आफन्तहरु आईपुग्ने समय सम्मको लागि शवलाई सुरक्षित रुपले राखे व्यवस्था गर्न श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा व्यवस्थित Mortuary Fridge ( शवगृह फ्रिज) लगायतका आवश्यक पूर्वाधारको व्यवस्था गरिने बताउनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *