
भुवन भुसाल, वैशाख ४ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका पुर्ण खोप र पुर्ण सस्थागत प्रसुति सुनिस्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भित्रका १६ देखी ५९ महिनाका ७ सय ९५ जना बालबालिकाहरुले राष्ट्रीय खोप कार्यक्रम अनुसार १५ महिना भित्र पुरा गर्नुपर्ने सबै खोप पुरा गरेपछी पुर्ण खोप सुनिस्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले बताउनुभयो ।
२०८० साल फागुन १ गते देखी २०८१ माघ मसान्त सम्म गाउँपालिका भित्र सुत्केरी भएका १ सय ९७ जना सुत्केरीहरु छत्रकोट अन्तरगतका बर्थिङ्ग सेन्टर र अस्पतालमा सुत्केरी भएको स्टाफ नर्स मुना राना सर्तुङ्गेले बताउनुभयो ।
घोषणा सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पुर्ण खोप र पुर्ण सस्थागत प्रसुति सुनिस्चितता तथा दिगोपना घोषणा सम्मको अवस्थामा ल्याउन मेहनत गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले छत्रकोट गाउँपालिका स्वास्थ्य र शिक्षाको क्षेत्रमा जिम्मेवार ढंगले अगाडी बढेको बताउनुभयो । “यो भन्नका लागी मात्र भनिएको हैन, त्यो हाम्रो तथ्याङ्क ले देखाउँछ, भौतिक बिकास मात्र बिकास हैन, सामाजिक र मानविय बिकास अझै महत्वपुर्ण हो” अध्यक्ष पाण्डेयले भन्नुभयो । निशुल्क मोतियाबिन्दु को उपचार, ठुला सहरहरुमा निशुल्क रगत उपलब्ध, गर्भवती महिलालाई निशुल्क एम्बुलेन्सको व्यवस्थाले आम नागरिकलाई सहज भएको बताउनुभयो । गाउँपालिकाले सुत्केरी हुने महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएकोले सुत्केरी हुन पाल्पा बुटवल जाने संख्या बढेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले घोषणा संगै यसको दिगोपना कायम राख्न सफल भएकोमा गाउँपालिका स्वास्थ्य शाखा परिवारलाई बधाई व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले आज घोषणा गर्दै गर्दा भोलीको लागी पनि सुनिस्चितता गरिएको बताउनुभयो । उहाँले भोलीको सुन्दर भविष्यका लागी अहिले स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
नेकपा एमाले छत्रकोटका उपाध्यक्ष यमलाल भण्डारीले छत्रकोटका स्वास्थ्यकर्मीहरुले २४ सै घण्टा काम गर्ने गरेको आफुले देखेको भन्दै प्रशंसा गर्नुभयो । भडारीले शृङ्गामा स्वास्थ्य केन्द्र नहुँदै हुँगामा स्वास्थ्य चौकीले सेवा दिएको तर हाल स्वास्थ्य चौकी नरहेपनी पालिकामा अभिलेख रहनुपर्ने सुझाव दिनुभयो ।
नेपाली कांग्रेस छत्रकोट गाउँ समिती कोषाध्यक्ष प्रेमलाल भण्डारीले छत्रकोट गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो ।
माओवादी केन्द्र छत्रकोटका संयोजक रामचन्द्र कंडेलले गाउँपालिका पुर्ण खोप र सस्थागत प्रसुति सुनिस्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा बधाई दिनुभयो । कंडेलले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील भएको र खोप थप संवेदनशील हुने भएको बताउँदै यसमा खट्ने कर्मचारीलाई थप प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रीय जनमोर्चा छत्रकोटका अध्यक्ष शामलाल पन्थले छत्रकोटले स्वास्थ्यको क्षेत्रमा राम्रो गरिरहेको र त्यो हाम्रो गौरवको कुरा भएको बताउनुभयो ।
स्वास्थ्य कार्यलय गुल्मीका भेक्टर कन्ट्रोल अधिकृत कृष्ण प्रसाद भट्टराईले जिल्लाका १२ वटै पालिकामा पुग्दा छत्रकोटको स्वास्थ्यका ईण्डिकेटरको चर्चा हुने गरेको भन्दै बधाई व्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रतिनिधीहरु लगायतले समेत आफ्ना बिचार राख्नुभएको थियो । सिनियर अहेव सपना टण्डनले संचालन गर्नुभएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधी, स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।