
सुदर्शन पन्थ, चैत ४ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा अनुगमन गरेको छ।
जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,पालिकाका कर्मचारी लगायतको टोलिले सोमबार लुम्छा देखी चौपारी पुग्ने बाटोको अनुगमन गरेको हो।
अनुगमनका क्रममा उपाध्यक्ष सबित्रा ज्ञवाली,प्रमुख प्रशासकीय अधिकृत रुद्र हरि पुरी, प्रशासन शाखा अधिकृत हरी टण्डन, इन्जिनियर पुष्कर खनाल, सब इन्जिनियर कपिल घिमिरे,लेखा अधिकृत सन्तोष जिशी, राजनीतिक दल तर्फ नेकपा एमाले छत्रकोट सचीव यज्ञ पाण्डे, माओवादि केन्द्रका सचीव रबी कंडेल,जनमोर्चाका श्यामलाल पन्थ लगायतको उपस्थिति रहेको थियो।
लुम्छा – सातमुरे सडक खण्ड अन्तर्गत लुम्छा-चौपारी बाटो निर्माण कार्य संतोषजनक रहेको उपाध्यक्ष ज्ञवालीले बताउनु भयो।
२०८२ जेष्ठ ३० सम्म सम्पन्न गर्ने गरि सागर निमार्ण सेवा सँग एक करोण २३ लाखमा २०८१ मंसिर १० ठेक्का सम्झौता भएको उक्त मोटरबाटोको अहिले सम्म भौतिक प्रगति ४५% र वित्तीय प्रगति २०% भएको निर्माण व्यवसायीको भनाइ छ।