चैत्र ४ , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका ४ बोखर दिगाममा महिला सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शनिबार बोखर सामुदायिक स्वास्थ्य इकाई दिगाममा शिविर सम्पन्न भएको हो ।
महिला सम्बन्धी स्वास्थ्य शिविरमा ४९४ जना महिला सम्बन्धी बिरामीले सेवा लिएका छन जसमध्ये पाठेघरको मुखको स्क्रिनीङ (विअ)गर्ने सेवा १११ जना, लामो समयको गर्भान्तर Implant सेवा २ जना, IUCD २ जना, रिङ पेसरी लगाउने ३ जना, भि.डि.यो एक्सरे सेवा १८० जना र महिला रोग सम्बन्धी सेवा १९६ जनाले लिएका छन ।
शिविरमा डा विवेक बिराट खनालले भिडियो एक्सरे सेवा,ओमकला सोमरे र समिक्षा पन्थले VIA सेवा , अ.न.मी वविता ठडराईले लामो समयको गर्भान्तर सेवा Implant सेवा प्रदान गर्नुभएको थियो ।
यस्तै , हे.अ.बालाराम रजाली,हे.अ. हरि गुरुङ,अ.न.मी. राधा न्यौपाने,का.स. सीता न्यौपाने,स्थानीय सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाले सेवा प्रदान गर्नुभएको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले बताउनुभयो ।
शिविरको सहजिकरण सि.अ.हे.व. सपना टण्डन तथा समग्र शिविरको व्यवस्थापन स्वास्थ्य शाखा प्रमुख पोखरेलले गर्नुभएको थियो ।
शिविरमा वडा अध्यक्ष गुणाकर ज्ञवाली, डाक्टर विबेक बिराट खनाल लगायतको उपस्थिति रहेको थियो । शिविरमा वडा अध्यक्ष ज्ञवालीले लक्षित वर्गले शिविरको अधिकतम् उपयोग गर्नु पर्ने बताउनु भएको थियो भने डाक्टर खनालले शिविरबारे जानकारी गराउनुभएको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले बताउनुभयो । यस्तै शिविर उत्साहजनक रुपमा सफल भएको र आज हुँगा स्वास्थ्य चौकी हुँगामा शिविर संचालन हुने उहाँको भनाई छ ।