छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्दै

असार २, गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम असार ३ गते प्रस्तुत गर्ने भएको छ।

छत्रकोट गाउँपालिका गाउँसभाको २० औँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम यही असार ३ गते मंगलबार अर्थात भोली प्रस्तुत गर्ने कार्य सूची रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो ।

यसअघि गाउँपालिकाले यहि असार १ गते नीति तथा कार्यक्रमको विषयगत समितिमा छलफल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *