रुरुक्षेत्रको तालाबन्दी प्रति कांग्रेसको असन्तुष्टि, संवादको माध्यमबाट समाधान खोज्न आग्रह

साबित्रा पौडेल, असार  ३१ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सोमबार भएको तालाबन्दीप्रति नेपाली काङ्ग्रेस रुरु क्षेत्र गाउँ कार्य समितिले असन्तुष्टी जनाएको छ ।

स्मार्ट बोर्ड खरिद प्रक्रियाको विषयलाई लिएर सोमबार नेकपा एमाले रुरु क्षेत्र गाउँ कमिटी ले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको थियो।

यसै विषयलाई लिएर नेपाली कांग्रेस रुरुक्षेत्र गाउँ कार्य समितिले असन्तुष्टि जनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयलाई लिएर कार्यालयमा तालाबन्दी गरी गाउँपालिकाको सेवा प्रवाहमा अवरोध पुर्याउने कार्यप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिम्मेवार दलले नागरिकलाई दुःख हुने गरी कुनै पनि कार्य गर्न नहुने कांग्रेसको भनाइ छ ।

यस्तै नेपाली कांग्रेस रुरुक्षेत्र गाउँ कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै पालिकामा लगाएको ताला तत्काल खोली पालिकाको सेवा प्रवाह सुचारु गर्न समेत नेकपा एमालेलाई अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *