
साबित्रा पौडेल, असार १ गुल्मी।
अर्घाखाँचीमा धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गर्ने एक श्रीमती पक्राउ परेकी छन्।
गए राती १२:३५ बजे जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ३ शिख्रका ३८ वर्षीय रामु कुमालको हत्या गरेको आरोपमा उनकी श्रीमती २७ वर्षीय मेखमाया कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
सामान्य घरायसी विषयलाई लिएर वादविवाद झगडा भएकोमा राति सुतिरहेको अवस्थामा श्रीमानलाई धारिलो हतियार ( दाउ ) ले टाउकोको पछाडिको भागमा प्रहार गरी हत्या गरेको खुलेको प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झलक प्रसाद जानकारी दिनुभयो ।
मेखमायालाई धारिलो हतियार सहित पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको हिरासतमा राखिएको छ ।