गुल्मीको छत्रकोटले SEE मा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख ५१ हजार नगद सहित सम्मान गर्ने

सुदर्शन पन्थ, चैत २ गुल्मी ।


देश विकासको एक महत्त्वपूर्ण माध्यम हो शिक्षा , शिक्षाको क्षेत्रमा छत्रकोट गाउँपालिका अब्बल छ । शिक्षालाई अझ अब्बल बनाउन र विद्यार्थी प्रोत्साहनको लागि छत्रकोट गाउँपालिकाले नयाँ योजना बनाएको छ ।

छत्रकोट गाउँपालिका अन्तर्गतको शिक्षा समितिको बैठकको निर्णय अनुसार २०८१ सालको एस.ई.ई परिक्षादेखी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ।

एस.ई.ई दिने विद्यार्थीलाई प्रोत्साहन गर्ने उदेश्यले नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको गाउँंपालिकाको शिक्षा शाखाले जनाएको छ । बैठकको निर्णय अनुसार पालिका भित्रका एस.ई.ई. मा ४ जिपिए ल्याउने विद्यार्थीले नगद १ लाख ५१ हजार पुरस्कार पाउने छन् ।

यस्तै ३.९० देखि ३.९९ सम्म जिपिए ल्याउने विद्यार्थीले नगद ५१ हजार र ३.८ देखि ३.८९ सम्म जिपिए ल्याउने नगद २५ हजार पुरस्कार पाउने भएका हुन। पालिकाको यो निर्णयले छत्रकोट भित्रका विद्यार्थी प्रोत्साहनमा ठूलो भुमिकाले खेल्ने यस क्षेत्रका शिक्षाप्रेमीहरुको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *