राष्ट्रिय युवा संघ छत्रकोटद्वारा स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

साबित्रा पौडेल , जेठ १ गुल्मी ।

राष्ट्रिय युवा संघ नेपाल पालिका कमिटी छत्रकोट गाउँपालिकाले छत्रकोट गाउँपालिका ३ लुम्छामा रहेको भगवती आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री तथा खेलौना वितरण गरेको छ ।

आज राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा युवा संघ पालिका कमिटी छत्रकोटले बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेलौना वितरण गरेको हो ।

बिद्यालयमा अध्यनरत विद्यार्थीको लागि संघले कापी , पेन , पेन्सिल तथा खेलौना वितरण गरिएको हो । आफूहरूले सहयोग गरेको सामग्री बाट विद्यार्थीहरुलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेको भनाइ छ ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले छत्रकोट पालिका सह इन्चार्ज रामप्रसाद पाण्डेले राष्ट्रिय युवा संघ नेपाल पालिका कमिटी छत्रकोट गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभयो ।

उहाँले हरेक युवाहरू जनताको घरमा गएर जनताकै सेवा गर्न सदैव एक कदम अगाडि हुन आग्रह गर्नुभयो । शैक्षिक सामग्री वितरण गर्दै राष्ट्रिय युवा संघ पालिका इन्चार्ज पछ्याइले युवा संघ नेपाली युवाहरूको साझा संगठन भएको बताउदै जनताको सेवा तथा समाजका लागि उदाहरणीय कार्य गर्न सदैव तत्पर रहने बताउनुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा नेकपा एमाले छत्रकोट पालिका सह इन्चार्ज तथा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , नेकपा एमाले छत्रकोट पालिक कमिटी अध्यक्ष पिताम्बर अर्याल , राष्ट्रिय युवा संघ पालिका इन्चार्ज मिलन पछाइ , युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपाने , भगवती आधारभूत बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाल पन्थ ,बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद पन्थ , राष्ट्रिय युवा संघ छत्रकोटका पुर्व अध्यक्ष केशव कंडेल , डिभी थापा , छत्रकोट गाउँपालिकाका युवा नेता रामकृष्ण न्यौपाने , एमाले छत्रकोट पालिका कमिटीका पदाधिकारी , युवा संघ छत्रकोटका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

युवासंघले युवाका हकहितका साथ साथै सामाजिक कार्यमा समेत काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *