गुल्मीको हर्दिनेटामा सम्पन्न महिला सम्बन्धी स्वास्थ्य शिविरमा ३२८ जनाले सेवा लिए

चैत २ , गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा संचालित महिला सम्बन्धी स्वास्थ्य शिविर आज गाउँपालिकाको वडा नं ३ हर्दिनेटामा सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा हर्दिनेटा स्वास्थ्य चौकी हर्दिनेटामा सम्पन्न शिविरमा ३२८ जना महिलासम्बन्धी बिरामीले सेवा लिएका छन ।

जसमध्ये पाठेघरको मुखको स्क्रिनीङ (विअ) सेवा ६७ जनाले लिएका छन । यस्तै लामो समयको गर्भान्तर इम्प्लान्ट सेवा १ जना रिङ पेसरी लगाउने ३ जनाले लिएका छन भने महिला सम्बन्धी अन्य रोग भएका १३० जनाले शिविरमा सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले बताउनुभयो ।

महिला सम्बन्धी स्वास्थ्य शिविरमा सि.अ.हे.व.अधिकृत अम्विका पन्थ ,सि.अ.हे.व. मेघलाल पौडेल ,हे.अ.बालाराम रजाली,अ. हे.व.सन्जु यादव,ल्याव असिस्टेन्ट लक्ष्मी घर्ती ,बिष्णु सिङजाली,पुजा सिङ्जाली,स्थानीय सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाले सेवा प्रदान गर्नुभएको थियो । शिविरको सहजिकरण सि.अ.हे.व. सपना टण्डनले गर्नुभएको थियो भने शिविरको व्यवस्थापन स्वास्थ्य शाखा प्रमुख पोखरेलले गर्नुभएको थियो ।

शिविरमा डा विबेक बिराट खनाल, जनप्रतिनिधी तेजकान्त अर्याल लगायतको पनि उपस्थिती रहेको थियो । शिविरमा डाक्टर विबेक बिराट खनालले शिविरबारे प्रस्ट पार्नुभएको थियो ।

शिविर उत्साहजनक रुपमा सफल भएको बताउदैँ स्वास्थ्य शाखा प्रमुख पोखरेलले भोली (शनिबार) बोखर सामुदायिक स्वास्थ्य इकाई र पर्सी चैत्र ४ गते आइतबार हुँगा स्वास्थ्य चौकी हुँगामा संचालन हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *